महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारमाथि तालिबानको निर्घात कुटपिट

हेल्थपोस्ट नेपाल

अफगानिस्तानको राजधानी काबुलमा महिला प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेका छन्। तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिला प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमा राखिएका बिभिन्न तस्बिरमा तालिबानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ। ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा नीलडाम देख्न सकिन्छ। महिलाबारे समाचार लेखेका दुई पत्रकारलाई बाहिरी बस्त्र खोल्न लगाएर तालिबानले निर्मम ढंगले कुटेका छन्। कुटाइका कारण उनीहरुको पिठ्युँ, ढाड र कम्मर रातो देखिन्छ। अर्को एक भिडियोमा तीन पत्रकारलाई सामूहिक रुपमा बाँधेर एउटा कोठामा लगिएको देखिन्छ। उनीहरुको अनुहारमा चोट र नीलडाम देखिन्छ ।

 

आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनबारे समाचार नलेख्न तालिबानले उर्दी जारी गरेका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *