मातृका आई सेन्टरको शौचालयभित्र भेटिएको नक्कली बम डिस्पोज

हेल्थपोस्ट नेपाल

काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयभित्र भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।

स्थानीय जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

तर्साउने ध्येयले राखिएको त्यो शंकास्पद वस्तु बम भए नभएको अनुसन्धानपछि मात्रै भन्न सकिने पनि नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ ।

डिस्पोजल टोलीले यसको बारेमा विस्तृत अध्ययन गरेर मात्रै बम राख्नेहरूको रिपोर्ट बाहिर ल्याउने बताएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *