विराट नेपाल मेडिकल ट्रष्टद्दारा महोत्तरीमा स्वास्थ्य सामग्री हस्तान्तरण

हेल्थपोस्ट नेपाल

विराट नेपाल मेडिकल ट्रष्टद्दारा स्वास्थ्य कार्यालय महोत्तरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

ट्रष्टले करिब सात लाख पिपिई सहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। महोत्तरीका करिब १० स्वास्थ्य संस्थालाई सामग्री सहयोग गरेको ट्रष्टका पोजेक्ट कोडिनेटर डा. मनोज कुमार साहले जानकारी दिए।

उनका अनुसार पिपिई, सर्जिकल माक्स, पञ्जा ,फेस सिल, सेनिटाईजर, किट, लगायतका सामग्री सहयोग गरेको छ।

कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मीहरू र ल्याबकर्मीको सुरक्षाको सामग्रीको सहयोग गरेको साहले जानकारी दिए। ट्रष्टले विभिन्न परियोजना मार्फत क्षयरोग नियन्त्रणको काम विगत ४ वर्षदेखि गर्दै आएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *