स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६९१ जना फेल

हेल्थपोस्ट नेपाल

नेपाल स्वास्थ्य व्यवसायी परिषदले २१, २२ र २३ भदौमा सञ्चालन गरेको प्रथम नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नतिजा सार्वजानिक भएको छ।

परिषद्का अनुसार कुल २ हजार २० परीक्षार्थी सहभागी थिए। जसमध्ये १ हजार २९० पास भएका छन् ६९१ जना फेल भएका छन्।
त्यसैगरी, परीक्षामा ३९ जना अनुपस्थित भएका थिए ।

परिषदका अनुसार स्नातककोत्तर तहमा ३९ जनाले परीक्षा दिएकोमा २० जना ( ५८.८२ प्रतिशत) उत्तीर्ण भएका छन्। त्यसैगरी, स्नातक तहमा २०३ जना सहभागी भएकामा १३३ जना ( ६७.१७ प्रतिशत) र प्रमाणपत्र तहमा कुल १ हजार ७७८ जना सहभागी भएकोमा १ हजार १३७ जना (६५ प्रतिशत) उत्तीर्ण भएका छन्।

परिषदले परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा कम्प्युटर विधिबाट सञ्चालन गरेको थियो।



One thought on “स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६९१ जना फेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *