डा. भिमसिंह तिंकरी अस्पताल भर्ना, कलेजो प्रत्यारोपण गर्नुपर्ने

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिंह तिंकरी अस्पताल भर्ना भएका छन्। डा. तिंकरीकाे कलेजो फेल भएपछि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन्।

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार तिंकरीको कलेजोमा समस्या देखिएको छ।

‘उहाँको कलेजोको काम गर्ने क्षमता कम भएको छ। साथै अन्य अंगमा समेत असर पुगेको देखिएको छ,’ डा. भण्डारीले भने, ‘ थप उपचारका लागि उहाँ अस्पताल भर्ना हुनुभएको हो।

उनका अनुसार प्रत्यारोपणका लागि चिकित्सकहरू जुटिरहेका छन्।  तर, त्यसका लागि समय लाग्नेछ । चिकित्सकको निगरानीमा उनको स्वास्थ्य परिक्षण सुरु भएको छ ।

डा. तिंकरी दार्चुलामा जन्मिएका हुन्। उनलाई सरकारले हालै उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवा दिवसका अवसरमा उनी सहित ४० जना निजामती सेवाका कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।



4 thoughts on “डा. भिमसिंह तिंकरी अस्पताल भर्ना, कलेजो प्रत्यारोपण गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *