नेपालमा फैलियो डेल्टा भेरिन्यट, एक जनाले सात जनासम्मलाई संक्रमित बनाउने

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेल्टा भेरियन्ट फैलिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पुन डेल्टा भेरियन्ट फैलिएको पुष्टि भएको जानकारी दिए।

असार २३ देखि भदौं ४ सम्म देशभरका विभिन्न भागबाट विभिन्न समूहमा गरी ४८ वटा नुमना लिइएको थियो।

विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी (आईजीआईबी) मा ‘सेक्वेन्सिङ’ गर्दा नेपालबाट पठाइएका नमूनामा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘अहिले नेपालमा मूख्ययता डेल्टा भेरियन्ट नै फैलिरहेको छ। थप नयाँ भेरियन्ट हालसम्म देखिएको छैन,’ डा. पौडेलले भने।
डेल्टा भेरियन्ट बढी संक्रामक हुन्छ।

डा. पौडेलका अनुसार डेल्टा भेरियन्टले एक व्यक्तिबाट सात जना सम्म संक्रमण सार्न सक्छ।

हालसम्म अति संक्रामक मानिएको यो भेरियन्ट १३० देशमा फैलिसकेको छ ।

‘परिवारमा कोही संक्रमित छन् भने अनिवार्य रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गरौं। संक्रमितहरू आइसोलेसन बसौं। शंकास्पद संक्रमितहरू अनिवार्य रुपमा क्वारेन्टाइनमा बसौं,’ डा. पौडेल भन्छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *