कोरोना संक्रमण घट्दै, बुधबार १० जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार देशका विभिन्न प्रयोगशालमा १३ हजार ४ सय ५५ नमुना परीक्षणका गर्दा थप १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै सोही अवधिमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ। यो सँगै अहिलेसम्म १० हजार ८८९ जनाको कोरोनाका ज्यान गएको छ।

बुधबार देशभर २९ हजार ४६९ संक्रिय संक्रमित छन्। जसमध्ये २७ हजार ६९० होम आइसोलेसन र १ हजार ७८९ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको अनुसार १४० भेन्टिलेटरमा सहित ४८८ आइसियूमा उपचार भइरहेको छ।

आज २५६ जना क्वारेन्टाइनमा छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *