गर्भवस्था र स्तनपान गराईरहेका लागि कोरोना खोप कति सुरक्षित र प्रभावकारी ?

हेल्थपोस्ट नेपाल

गर्भवस्था र स्तनपान गराई रहेका लागि कोभिडको खोप सुरक्षित र प्रभावकारी छ।

कोभिड खोपबारे जानकारी

कोभिड विरुद्धको खोप जुनसुकै चरणको गर्भावस्थामा पनि सुरक्षित र प्रभावकारी पाइएको छ।

अमेरिकामा १ करोड ३० लाखभन्दा बढी गर्भधारण गरेका महिलाले यो खोप (खासगरी फाइजर र मोडर्ना) लगाइसकेका छन र जसमा कुनै किसिमको समस्या देखापरेको छैन।

यो खोपमा भु्रण तथा गर्भवतीका लागि हानी गर्ने कुनै तत्व छैन।

यो खोप बनाउँदा जीवाणुको कुनै जीवित अंश प्रयोग गरिएको छैन।

खोप लगाएकाहरुमा कोभिड भएको खण्डमा रोगको असर कम हुने र अन्य समस्याहरुमा पनि कमी देखिएको छ।

खोपको नकारात्मक असर सामान्य हुन्छन्। कसैकसैलाई खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने आदि हुन सक्छ।

खोपबारे सुझावहरू

खोप लगाएकी महिला गर्भवती हुन सक्छिन्। कोभिड–१९ खोपले गर्दा गर्भवती हुन सक्दिनन् भन्नेमा कुनै आधार या प्रमाण भेटिएको छैन।

आइभिएफ उपचार गरिहेकाका लागि पनि कोभिड–१९ को खोप सिफारिस गरिन्छ।

गर्भवती भएकाहरुको लागि पनि कोभिड –१९ को खोप सिफारिस गरिन्छ।

गर्भवती महिलाहरुलाई कोभिडको खोप अन्य उमेर समूहका समुदायसँगसँगै एकै समयमा दिइनुपर्छ।

गर्भवती महिलाहरुलाई खोपले कुनै नकारात्मक असर गर्दैन भनि विश्वस्त गराउनुपर्छ। खोपको दोस्रो मात्रा १२ हप्ताको फरक पारेर दिए पनि हुन्छ। तर यतिनै फरक गर्नुपर्छ या पर्दैन भन्ने कुनै आधिकारिक प्रमाण भने छैन।

खोपको दोस्रो मात्रा तेस्रो Trimester  या प्रशव हुन अगाडि दिइसकेको हुनुपर्छ किनकि यस अवधिमा जोखिमको सम्भावना बढी हुन्छ।

कोभिड १९ खोप लिनको लागि स्तनपानलाई रोक्नुपर्दैन।

३५ वर्षभन्दा माथिका, मोटोपन भएका वा अन्य शारीरिक समस्या भएका महिलाहरुलाई कोभिड– १९ को जोखिम बढी हुन्छ। गर्भवतीमा यस संक्रमणले अझै गम्भीर रुप देखाइरहेको छ। यसबाट गर्भवती महिलाहरु मात्र नभई उहाँहरूको गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने देखिन्छ।

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)



Leave a Reply

Your email address will not be published. Required fields are marked *