तरकारीमा औषधी मिसाइएको कसरी थाहा पाउने?

हेल्थपोस्ट नेपाल

ताजा तरकारीले स्वास्थ्यलाई फाइदा पुर्‍याउने पोषण प्रदान गर्दछ। तर तरकारीहरुमा विभिन्न किसिमका औषधी तथा विषादीरू मिसिने हुँदा यसले शरीरमा नकरात्मक असर पनि पार्दछ। जस्तै, हरियो सागपातले हाम्रो शरीरलाई निक्कै फाइदा पुर्‍याउँछ। यसले भिटामिन तथा मिनलर दिन्छ।

तर बजारमा देखिने ताजा हरियो साग सब्जीहरुमा रंग तथा विषादी मिसाइएको हुनसक्छ। तरकारीमा मिसावट छ वा छैन भनेर मानिसहरूले पत्ता लगाउन कठिन हुन्छ, तर यसको क्वालिटी जाँच गर्न पनि उत्तिकै जरुरी हुन्छ।

कसरी थाहा पाउने तरकारीमा भएको मिसावट?
तरकारीमा मिसावट भएको थाहा पाउन पहिले एउटा कपास हातमा लिने।

उक्त कपास लिक्विड पाराफिनमा भिजाउने।

कपासले तरकारीको हरियो भागमा केहीबेर रगड्ने।

केही समयपछि आफूले प्रयोग गरेको कपासमा हरियो रंग देखिन्छ भने त्यसमा ‘म्यालाकाइट’–हरियो खालको कार्वोनेट मिनिरल मिसावट गरिएको छ।

यदि कपासमा हरियो रंग देखिएन भने त्यो तरकारीमा केही पनि मिसिएको छैन।

तरकारीमा प्रयोग गरिने उक्त म्यालाकाइट माछालाई उपचार गर्न एन्टीप्रोटोजोअल र एन्टीफंगलको रुपमा प्रयोग गरिन्छ।

यसको प्रयोग उद्योग, टेक्सटाइल तथा खानेकुरामा पारासिटिसाइडका रुपमा प्रयोग गरिन्छ। यसले माछालाई फंगस तथा प्रोटोजोअन इन्फेक्सनबाट बचाउन पनि प्रयोग गरिन्छ।

त्यस्तै, गोलभेडा, खुसार्नी तथा हरियो तरकारीहरुमा राम्रो देखाउन प्रयोग गरिन्छ। यसको रंग तापमान बढेसँगै बढ्दछ।

तर यसको कारणले कार्सिनोजेनेसिस, म्यूटाजेनेसिस, क्रोमोसोमल फ्रैक्चर, टेराटोजेनिसिटी र रेस्पिरेटोरी टक्सिटी हुन सक्छ भने मल्टी अर्गान टिस्युलाई पनि नोक्सान पुर्‍याउन सक्छ।

बेसारमा मिलावट कसरी पत्ता लगाउने?
त्यस्तै, बजारमा पाउने बेसारमा पनि रंग मिसिएको छ छैन भनेर पनि जाँच्न सकिन्छ।

यसलाई टेस्ट गर्न पहिले दुईवटा गिलासमा पानी लिने। पहिलो गिलासमा एक चम्चा शुद्ध बेसार हाल्ने र अर्को गिलासमा मिसावट भएको बेसार राख्ने।

शुद्ध बेसार भएको गिलासमा फिका पहेंलो रंग देखिन्छ र बेसार सबै पानीको मुनि बस्छ भने मिलावटमा कडा रंग देखिन्छ भने बसार पनि पानी मुनी बस्दैन। यसो भएमा त्यसमा मिसावट भएको छ भनेर बुझ्नुपर्छ।

नुनमा मिसावट कसरी जाँच्ने?
यसैगरी नुनमा भएको मिसावट पनि जाँच्न सकिन्छ। आलुलाई दुई भागमा काट्नुहोस्।

पहिलो भागमा शुद्ध नुन र अर्को भागमा मिसावट भएको नुन हाल्नुस्। दुबै नुन हालेको आलुमा कागती निचोरेर हाल्नुहोस् र एक मिनेटका लागि छाडिदिनुुस्। मिसावट भएको नुन राखेको आलु निलो हुँदै जानेछ भने अर्कोमा आलुमा कुनै बदलाब आउँदैन।

अण्डाको परीक्षण
अण्डा पनि राम्रो छ वा छैन, भित्र कुहिएको वा क्वालीटि भए नभएको हेर्न सकिन्छ।

एउटा गिलासमा पानी लिनुस्।

पानी गिलासमा आधा भन्दा अलि बढि हुनुपर्छ।

त्यसमा अण्डा राखिदिनुस्।

अण्डा पानी मुनि नै ढल्केर बसे त्यो अण्डा एकदम राम्रो खालको हो।

यसलाई खान सकिन्छ भने अण्डा पानीसँगै माथि तैरिए यसको क्वालीटि राम्रो छैन भनेर बुझनुपर्छ।

यसलाई खाँदा स्वास्थ्यमा असर गर्न सक्छ।

त्यस्तै अण्डा पानीको तल गएर ठाडो भएर बसे यो अण्डा निकै पुरानो भएको मान्नुपर्छ।

पुरानो अण्डा खाँदा स्वास्थ्यलाई असर गर्न सक्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *