मंगलबार संक्रिय संक्रमित ३० हजार ३०३, मृत्यु २१

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६७७ जनामा कोराना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १५ हजार ३४ वटा नमुनाको परीक्षणमा १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

त्यस्तै आज २ हजार ७२ जना संक्रमणमुक्त भएका छन्। आजसम्म देशभर कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ छन्।

जसमध्ये २८ हजार ३१४ होम आइसोलेसन तथा १ हजार ९८९ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार मंगलबार १५४ भेन्टिलेटर सहित ५१४ जनाको आइसियूमा उपचार भइरहेको छ।

आज देशभर २५८ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *