वीर अस्पतालले माग्यो कर्मचारी

हेल्थपोस्ट नेपाल

कोभिड – १९ यूनिफाइड अस्पतालले (वीर) कर्मचारीको माग गरेको छ।

अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स माग गरेको हो।

पाचौं तहका ५० जना नर्स ६ महिनाका लागि माग गरिएको सूचनामा उल्लेख छ।

सरकारको प्रचलित तलब स्केल बमोजिम र भत्ताको व्यवस्था हुने अस्पतालले जनाएको छ।

योग्यता पुगेका नागरिकहरुलाई भदौ २४ गतेभित्र दरखास्त दिन आव्हान गरिएको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *