कोरोना सारेकाे आरोपमा ५ वर्ष जेल

हेल्थपोस्ट नेपाल

‘क्वारेन्टाइन’का निमय तोडेर कोरोना भाइरस फैलाएको आरोपमा भियतनामले एकजना मानिसलाई ५ वर्षको जेल सजाय तोकेको छ।

त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार ले भान त्रि नाम गरेका २८ वर्षीय उनलाई त्यहाँको एउटा नागरिक अदालतले खतरानाक रोग फैलाएको मुद्दामा दोषी ठहर्‌याएको थियो। त्यही मुद्दामा उनलाई ५ वर्षको जेल सजाय सुनाएको हो।

विश्वमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा भियतनाम एक उदाहरणीय देश मानिन्छ। रोयटर्स

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *