‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सलाई मात्र राजस्व छुट हुने ( निर्देशिका सहित)

हेल्थपोस्ट नेपाल

सरकारले एकीकृत एम्बुलेन्स तथा पुर्व अस्पताल सेवा संचालन निर्देशिका २०७७ खारेज गरेर ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८’ स्वीकृत गरी लागू गरेको छ।

भर्खरै लागू भएको निर्देशिकामा पहिलोको निर्देशिकामा केही फरक गरिएको छ।

पहिलो एम्बुलेन्सका लागि राजस्व छुट दिइएको थियो भने अब ‘क’ र ‘ख’ वर्गमा पर्ने एम्बुलेन्सहरुका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुटका लागि सिफारिस गरिने भएको हो।

निर्देशिका अनुुसार एम्बुलेन्स संचलान गर्दा ‘क’ र ‘ख’ वर्गको खरिद वा प्राप्ति गर्ने हो भन्ने स्पष्ट हुने गरी निवेदन दिनुपर्दछ।

एम्बुलेन्स खरिद गर्दा अनिवार्य रुपमा फोर व्हील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने उल्लेख गरिएको छ।

एम्बुलेन्स सेवा संचालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावलीको प्रावधान अनुसार स्वास्थ्य संस्थाले संचालन गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित एम्बुलेन्स चालकले तालिम लिएको एम्बुलेन्स चालक हुनपर्ने छ।

‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मेडिकल अफिसर, एचए, नर्स अनिवार्य हुनुपर्ने तथा त्यसमा रहने स्वास्थ्यकर्मीहरुले अनिवार्य रुपमा तोकेको तालिम लिएको हुनुपर्नेछ।

सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा एउटै नम्बरबाट तथा एप्लिकेसनबाट सर्वसाधारणहरुले सेवा पाउन सक्ने गरी प्रेषण केन्द्रहरुसँग आवद्ध भएको हुनुपर्ने छ।

एम्बुलेन्सलाई ओसार पसार गर्नेबाहेक अन्य काममा प्रयोग गर्न पाइने छैन। दुरुपयोग गरेको पाइएमा कारवाही हुनेछ।

एम्बुलेन्स चालक र एम्बुलेन्समा रहने इ.एम. टीको पोशाक हुनुपर्ने छ।

हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान गरिएको हुुनुपर्नेछ भने एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन आदिका लागि जिल्लास्तर, प्रदेशस्तर र संघीयतहमा अनुगमन समितिहरुको व्यवस्था गरिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *