३९ वर्ष काेमामा रहेका फुटबल खेलाडीको निधन

हेल्थपोस्ट नेपाल

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जाँ–पिएर आडम्सको ७३ वर्षको उमेरमा निधन भएको छ। उनलाई सन् १९८२ को मार्चमा घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो। औषधिको मात्रा नमिलेपछि उनी चेतनामा आउन सकेका थिएनन्।

उनी ३९ वर्ष सम्म कोमामा रहेका रहेका थिए। सेनगलमा जन्मिएका उनले नीस र पीएसजी क्लबका लागि रक्षकका भूमिकामा १४० भन्दा बढी खेल खेलेका थिए। दुवै क्लबले उनको मृत्युपछि वक्तव्य जारी गरेका छन्।

आडम्सले फ्रान्सका लागि सन् १९७२ देखि १९७६ सम्म २२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले नीम क्लबका लागि ८४ वटा खेल खेलेका थिए। उक्त क्लबले पनि वक्तव्यमा प्रकाशित गरेर शोक प्रकट गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *