आजदेखि १८ बर्षमाथिका लागि कोरोना खोप दिइने, यी हुन् खोप केन्द्र

हेल्थपोस्ट नेपाल

काठमाडौंमा मंगलबारदेखि विभिन्न ८ अस्पतालमा कोभिड विरुद्धको खोप लगाइने छ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार एस्ट्राजेनेका , जोन्सन एन्ड जोन्सन र भेरोसेलको खोप दिइने छ।

कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काकाले एस्ट्राजेनेका खोप १८ बर्षभन्दा माथिका उमेर समूहलाई दिन लागिएको जनकारी दिए।

‘हामीसँग जापानबाट आएको तीन हजार मात्रा एस्ट्राजेनेका खोप छ,’ खड्काले भने, ‘सबै केन्द्रमा वितरण गर्न नपुग्ने भएकाले आठ केन्द्रबाट खोप दिन लागेका हौं।’

प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा पहिलो र दोस्रो डोज विदेश जानेका लागि भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोप लगाइने छ।

यस्तै, समाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने कार्यलयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *