डा. भिमसिंह तिंकरीले पाए निजामती उकृष्ट सेवा पुरस्कार

हेल्थपोस्ट नेपाल

 

आज निजामती कर्मचारी दिवस मनाइँदै छ। दिवसका अवसरमा ४० जना निजामती कर्मचारी सम्मानित हुँदै छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

उत्कृष्ट निजामती पुरस्कार पाउनेमा स्वास्थ्य सेवा अन्तर्गतका डा भिमसिंह टिंकरी पनि छन्। उनीसहित १० जनाले उत्कृष्ट निजामती कर्मचारी पुरस्कार पाउने छन्।

डा. टिंकरी हाल स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा कार्यरत छन्। उनी महाशाखाका निर्देशक हुन्।

जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागिएको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सर्वोच्च अदालत, राष्ट्रिय योजना आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महान्याधिवक्ताको कार्यालय, महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, वेनी नगरपालिका म्याग्दी र महिला तथा बालबालिका विभागमा कार्यरत एक–एक जना कर्मचारी छन्।

दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन। उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ। ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन्।

 



One thought on “डा. भिमसिंह तिंकरीले पाए निजामती उकृष्ट सेवा पुरस्कार

Leave a Reply

Your email address will not be published.