स्वास्थ्य सुधारका लागि पाँच अर्ब ऋण लिने मन्त्रीपरिषद्को निर्णय

हेल्थपोस्ट नेपाल

मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाबाट स्वास्थ्य क्षेत्रको सुधारका लागि सहुलियत ऋण लिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अन्तर्राष्ट्रिय विकास संस्थाबाट स्वास्थ्य क्षेत्र सुधारका लागि पाँच अर्ब ९४ करोड सहुलित ऋण स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।

त्यसैगरी, राष्ट्रिय जनगणनाको संसोधित कार्यतालिका स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

जलवायु परिवर्तनका लागि अनुकल कार्य गठबन्धन र सोको निर्देशन समितिमा सहभागी हुन स्वकृति प्रदान गर्ने निर्णय भएको कार्कीले बताए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *