असोज १ गतेबाट विद्यालय खुल्ने

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा असोज १ गतेबाट विद्यालयहरु खोल्न दिइने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला भित्रका स्थानीय तहका प्रतिनिधिबीच भएको छलफलमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न पाइने समझादारी भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको छलफलमा असोज १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सक्ने समझदारी भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्दा नगरशिक्षा समितिको बैठक बसेर स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका पराजुलीको भनाइ छ।

छलफलमा जिल्लाभित्रका ४० प्रतिशत विद्यार्थीहरु मात्र अनलाइनको पहुँचमा रहेको देखिएकाले पनि विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।

त्यस्तै विद्यालयले स्वास्थयको मापदण्ड पूरा गरेको वा नगरेको अनुगमन स्थानीय तहले नै गर्ने समझादरी भएको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *