१ हजार ८९७ संक्रमित थपिए, २० जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा १ हजार ८९७ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १५ हजार ९७९ नमुना परीक्षण गरिएकोमा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ हजार ७४३ संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ।

मन्त्रालयको अनुसार सोमबार ३० हजार ९७३ सक्रिय संक्रमित छन्। जसमध्ये २८ हजार ९११ होम र २ हजार ६२ संस्थागत आइसोलेसनमा छन्।

सोमबार २० संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।

देशभर १६३ भेन्टिलेटरमा सहित ५१२ जना आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

हाल २६० जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *