निपाह भाइरसले एक बालकको मृत्यु

हेल्थपोस्ट नेपाल

कोरोनाको दोस्रो लहरबाट प्रभावित भएको भारतमा निपाह नाम गरेको भयानकको भाइरस देखा परेको छ।

भारतको स्वास्थ्य मन्त्रालयले नयाँ निपाह भाइरसको संक्रमणबाट १२ वर्षको एक बालकको मृत्यु भएको जानकारी दिएको छ।

बिजनेस स्टैंडर्ड मिडिया रिर्पोटका अनुसार निपाह भाइरसबाट अझै २ जना संक्रमित भएको बताइएको छ।

सबैभन्दा पहिला भारतको केरलमा २०१८ मे महिनामा निपाह भाइरसको संक्रमित फेला परेको थियो। उक्त समय यो भाइरसको संक्रमणबाट भारतको केरलमा मात्रै १७ जनाको मृत्यु भएको थियो।

यो भाइरसको बारेमा विस्तृत अध्ययन अनुसन्धान एवंम रोकथाम गर्नका लागि भारतीय सरकारले राष्ट्रिय रोग रोकथाम केन्द्र (एनसीडीसी) बाट स्वास्थ्य विज्ञ टोली पठाइएको छ।

निपाह भाइरस के हो ?

एनआईभी भनिने निपा भाइरसको संक्रमणले नयाँ किसिमको रोग हो। यो अरू पशुबाट मानिसमा सर्न सक्छ।यो भाइरस खासगरी ुफ्रूट ब्याटु भनिने एक प्रकारको चमेरोमा पाइन्छ।

यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।

मलेसियाको कम्पुङ सुगाई निपाह भन्ने ठाउँमा पत्ता लागेको थियो । त्यसपछि त्यो भाइरसलाई ‘निपाह’ नाम दिइयो । त्यतिबेला सुँगुरको माध्यमबाट यो भाइरस सरेको थियो ।तर, त्यसपछि जहाँजहाँ एनआईभीको बारेमा थाहा भयो, यस भाइरस फैलिने माध्यम सुँगुर थिएन। यो भाईरसको नाम एनआईभी राखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार निपाह भाइरस (एनआईभी) निकै छिटो फैलिने भाइरस हो जसले जनावर र मानिसलाई गम्भीर रुपमा बिरामी बनाउँछ ।

बिरामीको लक्षण

मानिस वा जनावरलाई यस बिरामीबाट निको बनाउन हालसम्म कुनै पनि औषधि वा सुई बनेको छैन। राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार निपाह भाइरसको इन्फेक्सन इन्सफ्लाइटिससँग सम्बन्धित छ जसले दिमागमा क्षति पुर्यााउँछ । यो भाइरस पाँचदेखि १४ दिनसम्म शरिरभित्र पर्यो् भने तीनदेखि १४ दिनसम्म उच्च ज्वरो आउँछ र टाउको पनि असाध्यै दुख्छ ।

मानिसमा एनआईभी संक्रमण भयो भने श्वास प्रस्वास सम्बन्धी गम्भीर समस्या देखिन्छ र, ज्यानमारा इन्सफ्लाइटिस पनि हुनसक्छ । यो लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र बिरामी कोमामा पुग्नसक्छ। संक्रमणको शुरुआती चरणमा सास फेर्न गाह्रो हुन्छ । केही विरामीहरुलाई स्नायूसम्बन्धी समस्या पनि हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *