बिपी प्रतिष्ठानमा लिम्बुवान कार्यकर्ताको तोडफोड, प्रहरीसँग झडप

हेल्थपोस्ट नेपाल

संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताले बिपी प्रतिष्ठानमा तोडफोड गरेका छन्। काम छाडेर आन्दोलनमा उत्रिएको भन्दै लिम्बुवान कार्यकर्ताले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका हुन्। उनीहरुले दुई महिनादेखि प्रतिष्ठानमा लागेको तालासमेत तोडेका छन्।

धरानमा रहेका नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानका नेता तथा कार्यकर्ताले आइतबार विज्ञप्ति जारी गरेर उपचार सेवा बहिष्कार गर्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए।

तोडफोडमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच केही बेर झडपसमेत भएको थियो। त्यसक्रममा केही राजनीतिक दलका कार्यकर्ता पक्राउ परेका छन् भने केही घाइते पनि भएका छन्।

ओपिडी सेवासमेत अवरुद्ध गरेर बिरामीहरुलाई दुःख दिएको भन्दै आफूहरु आन्दोलनमा उत्रिनु परेको र ताला फोड्न बाध्य भएको राजनीतिक दलका कार्यकर्ताले बताएका छन्।

प्रतिष्ठानमा पदाधिकारीहरुले अनियमितता गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुले प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन्। आफूहरुको माग सम्बोधन नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आइतबारदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेकका सेवा बहिस्कार गरेका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *