संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

हेल्थपोस्ट नेपाल

संखुवासभाको मादी नगरपालिका – १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ।

प्रहरीले एकै परिवारको ६ जनाको हत्या भएको जनाएको छ। प्रदेश १ प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार ६ जनाको हत्या र एकजना घाइते भएको बताएका छन्।

‘६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ,’ उनले भने,’एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भइरहेको छ।’

५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो। हत्या हुनेमा ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *