कोरोना संक्रमित कम हुँदै तर जोखिम उस्तै

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको तथ्याङक अनुसार कोरोना संक्रमित दिनानुदिन घट्दो क्रममा छ।

तर घट्दै गइरहेको संक्रमितको संख्याले जोखिम कुनै पनि हालतमा नघट्ने मन्त्रालयको भनाई छ। मन्त्रालयको तथ्याङकका आधारमा संक्रमितको संख्या पाँच दिनमा एक हजार संख्याले घटेको छ।

भदौ १६ गते २०५२ कोरोना संक्रमित पुष्टि भएका थिए भने २० गते सम्ममा आउँदा घटेर जम्म संक्रमित संख्या १०८९ रहेको छ। तर कोरोना परीक्षण र संक्रमित पुष्टि हुने दरलाई दाँज्दा यसमा कुनै अन्तर नरहेको स्पष्ट देखिन्छ।

भदौ १६ मा १४ हजार ९३५ पिसिआर तथा एन्टिजेन परीक्षण गरिएकोमा २०५२ संक्रमित भेटिएका थिए भने २० गतेका दिन जम्मा ७ हजार ९७१ जनामा मात्र परीक्षण गरिएको छ।

 

देशभरको संक्रमित दरको तुलनामा पाँच दिनमा एक प्रतिशत मात्र कम भएको देखिन्छ।

कोरोना संक्रमणको दोस्रो लहरको उचाई भन्दा हाल संक्रमितको दर तथा संख्या कम भएको छ, तर यसको कारण, कोरोना संक्रमितको राम्ररी रिर्पोट तथा परीक्षण नभएका कारण हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताए।

दोस्रो लहरको उचाईमा पुग्दा परीक्षण गरेका मध्य २५ देखि ३० प्रतिशत व्यक्तिहरु संक्रमति हुने गरेका थिए भने हाल १३ देखि १५ प्रतिशत रहेको छ।

‘यहाँ परीक्षण कम भएको हो, जोखिम होइन,’ पौडेलले भने।

उनले हाल पनि नेपालमा जोखिम उत्तिकै रहेको र मानिसहरुले अर्झै पनि सर्तकता अपनाउनुपर्ने बताए। नेपालमा परीक्षणको कम भएको तथा जोखिमको सम्भावना धेरै नै रहेको विकसित राष्ट्रहरुमा गरिएको परीक्षणसँग तुलना गर्दा स्पष्ट हुने पौडेल बताउँछन्।

अष्ट्रेलियामा सेप्टेम्बर ५ यानकि भाद्रमा एक लाख ८१ हजार ६७३ जनामा कोरोना परीक्षण गर्दा १५९९जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँको संक्रमिण्त हुनेको दर ०.८ प्रतिशत रहेको छ, तर तुलनात्मक रुपमा नेपालमा हाल पनि कम परीक्षण भएका छन् भने संक्रमित हुने दर १५ प्रतिशत रहेको छ।

 

‘हाम्रो देशमा परीक्षण नै कम छ भने शनिबारका दिन झनै कम हुने गरेकाले कम संख्या देखिएको छ,’ उनले भने। त्यस्तै संख्या कम देखिनुका कारण मानिसमा भाइरस विरुद्ध विकास भएको एन्टिबडीले पनि हुन सक्ने अनुमान गरिएको छ।

मन्त्रालयले केही दिन अगाडि सार्वजनिक गरेको सेरो प्रिभ्यालेन्स सर्भेका अनुसार ६८.६ प्रतिशत मानिसमा कोभिड–१९ एन्टिबडि देखिएको छ भने पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशत र पूर्णमात्रामा खोप लगाएकालाई ९० प्रतिशत सम्म एन्टिबडि विकास भएको देखिएको छ। तर, भाइरस जहाँतहीँ पुगेको छ। यसले नयाँ भेरियन्ट आउने जोखिम झनै बढाएको छ।

जोखिममा रहेका व्यक्तिहरु तथा गम्भीर लक्षण देखिएका विरामीहरुले कोरोना परीक्षण गरेका छन् भने सामान्य तथा मध्य लक्षण देखिएका रुघाखोकी लागेका व्यक्तिहरु अझै पनि कोरोना परीक्षणको दायरामा नआएको मन्त्रालयको भनाई छ।

‘हामीले सबै ठाउँमा कोरोना परीक्षणका लागि एन्टिजेन्ट उपलब्ध गराएका छौं, तर कतिपय अवस्थामा मानिसहरुलाई उनीहरु बसोबास गर्ने ठाउँ सहजरुपमा पुहँचयोग्य नभएका कारण पनि परीक्षण हुन सकेका छैनन्,’ पौडेलले भने।

परीक्षण निशुल्क भएपनि सामान्य रुघखोकी लागेका व्यक्तिहरुले परीक्षणमा जाने प्रयास नै नगरेको देखिएको बताए। यसैका कारण भित्रभित्रै फैलिरहेको संक्रमित केश हामीले नदेख्ने भयौं। कोरोना परीक्षण नगरेकै कारण सावधानी अपनाएनन् र झनै बढ्ने सम्भावना भयो। ‘कम परीक्षण हुनु भनेकै जोखिम बढाउनु हो, उनले भने।

 

सेरो प्रिभ्यालेन्स सर्भेमा हाल २५ जना संक्रमित देखिए पनि परीक्षणको दायरामा एक जना मात्र आएको देखिएको छ। पहिलेको तुलनामा कम संक्रमित भएको हो तर परीक्षणको दायरामा नआएकै कारण झन् कम भएको हो, उनले भने।

मानिसहरुले अझै सर्तक तथा मापदण्ड पालना गर्नैपर्छ। ५ प्रतिशत भन्दा कम संक्रमित भएका ठाउँहरुमा सिसिएमसि तथा स्थानीय तहले सबै खुलाउन सकिन्छ भने सो प्रतिशत भन्दा बढि संख्या रहेको स्थानीय तह वा जिल्लामा स्मार्ट लकडाउनको निर्देशिका अनुसार नै चल्नु आवश्यक छ।

 

 

 

 

 

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *