१० दिनभित्र ४४ लाख कोरोना खोप आउने

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने जानकारी दिएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलन   जानकारी दिँदै थप ४४ लाख डोज खोपको भुक्तानी भइसकेको र हप्तादेखि १० दिनभित्र आइपुग्ने जानकारी दिए।

‘३३ प्रतिशत जनतालाई दशैंसम्ममा खोप दिने सरकारको योजना छ। सरकारले जसरी पनि चाडै २ करोड ५० लाख खोप ल्याउने तयारी गरेको छ। जसमा भेरोसेल खोप ४० लाख आउने सुनिश्चित भैसक्यो,’ मन्त्री श्रेष्ठले भने।

त्यसैगरी, उनले असोजसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने योजना रहेको पनि श्रेष्ठले बताए ।

त्यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उनले बताए।

नेपाली जनताका लागि ५ करोड खोप आवश्यक रहेकोमा अहिलेसम्म अहिले १ करोड ४ लाख खोप नागरिकले पाइसकेको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *