घट्दै कोरोना संक्रमण, १०८९ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको संख्या घट्दै गइरहेको तथ्याङकले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार २४ घण्टामा १०८९ जना संक्रमित थपिएका छन्। भदौ १९ गते संक्रमितको संख्या १२६८ थियो भने १८ गते १७५६ जनामा कोरोना संक्रमण देखिएको थियो।

आज देशभर ७९७१ जनामा गरिएको परीक्षणमा १०८९ जनामा संक्रमण पुष्टि भएको हो।

पिसिआर विधिबाट ५१७० जनामा परीक्षण गर्दा ९७६ र २८०१ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, आज २० जनाको मृत्यु भएको छ।

देशभर ३१ हजार २४८ सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै निको हुनेको संख्या २४ घण्टामा १५३४ रहेका छन्।

काठमाडौं उपत्यकाभर ४५५ संक्रमित भएका छन् जसमा काठमाडौंमा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ कोरोना संक्रमित भएका छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *