सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति दिन निर्देशन

हेल्थपोस्ट नेपाल

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिइएको छ।

आइतबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो।

ऐनले गरिव, जेहेन्दार, सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भनिए पनि ऐनमा भएको व्यवस्था बमोजिम नियमावली नबन्दा लक्षित वर्ग छात्रवृत्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।

चिकित्सा शिक्षा ऐनले व्यवस्था गरे अनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न समितिकी सभापति जयपुरी घर्तीले आयोगले निर्देशन दिइन्।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले ऐन अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको बताए। ऐनले कक्षा ६ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका हुनुपर्ने व्यवस्था गरेको छ ।  ‘एकीकृत परीक्षा भएको छ । सिस्टमको विकास भएको छ । समितिको निर्देशनलाई कार्यान्वयन गर्न हामी तयार छौँ ,उनले भने।

स्वदेश तथा विदेशबाट नेपाल सरकारलाई स्‍नातक तहको लागि प्राप्त हुने कुल छात्रवृत्ति सिटमध्ये ५५ प्रतिशत सिट खुला प्रतियोगिताबाट, कायम भएको योग्यताक्रमबाट र ४५ प्रतिशत सिट छात्रवृत्ति सिट वितरण गरिने व्यवस्था मिलाइएको छ ।

पूर्व शिक्षामन्त्री एवं समिति सदस्य गिरिराजमणि पोखरेलले छुट्र्याएको सिट र उत्तीर्ण संख्याबिच धेरै अन्तर देखिएकोले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

शिक्षा मन्त्रालका सचिव रामप्रसाद थपलियाले नियमावलीले दिएको अधिकार बाहेक केही गर्न नसकिने बताए ।

चिकित्सा शिक्षा आयोगले वार्षिक विभिन्न २९ समूहमा २ हजार १७२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आयोगले कुल सिट संख्या ८ हजार २५१ जना छ।



2 thoughts on “सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति दिन निर्देशन

  1. scholarship bhannu matra ho jasko private school study garera government school ma SEE dinxan.Hami jasta poorly person jo 1-10 government school study gare ka le aas matra ho yo scholarship bhyara life ma kam aayana so no regulate scholarship set for poorman person.

Leave a Reply

Your email address will not be published. Required fields are marked *