धेरैबेर कुर्सीमा बस्दा यस्तो जोखिम हुन सक्छ

हेल्थपोस्ट नेपाल

लामो समयसम्म एकै ठाउँमा बस्दा तपाईंको हिप निदाउने वा छुँदा पनि केही थाहा नपाउने हुन्छ। यदि यस्तो हुन्छ भने तपाईंलाई ‘डेड बट सिन्ड्रोम’ हुन सक्छ है।

आजकालको जीवनशैलीमा मानिसहरु घण्टौंसम्म पनि कुर्सीमा बिताउने गर्दछन्। यसैकारण पनि विभिन्न खालको दुखाई आउने गर्दछ। सुरुमा दुखेको साधारण लाग्छ।

तर समयसंगै यो समस्याले गम्भीर रुप लिन सक्छ। हिप झमझमाउने वा निदाउने, पिठ्युँ, गर्दन तथा ढाँढ दुख्ने समस्या छ भने यसलाई हल्का रुपमा लिनु हुँदैन।

के हो डेड बट सिन्ड्रोम?

डेड बट सिन्ड्रोम यस्तो समस्या हो जुन ८ घण्टा भन्दा बढि एउटै पाजिसनमा बसिरहँदा हिपमा भएका मांसपेशीहरु कमजोर हुँदा हुन्छ।

लामो समयसम्म एकै तरिकाले बस्दा ग्लूटस मेडियस–बटमा हुने तीन मुख्य मांसपेशीहरु मध्य एक मांसपेशी नचल्ने हुन्छ। एउटै पोजिसनमा बस्दा त्यहाँ रगत प्रवाह कम हुन्छ। यसका कारण बट मात्र नभई विभिन्न समस्या आउन थाल्दछ। जस्तै, क्यान्सर, हृदय रोग तथा मधुमेह पनि हुन सक्छ। यदि यस्तो समस्या भए निको हुन धेरै वर्ष लाग्न सक्छ।

बस्दा गाहे हुने, राम्रोसँग बस्न नसक्ने भए यस्तो खालको समस्या हुन सक्छ।

उपाय
यदि तपाईंलाई ‘डेड बट सिन्ड्रोम’ छ वा कम्मर, जोर्नी, हिप, गर्दनमा समस्या छ भने दैनिक व्यायाम गर्नुपर्छ। कुर्सीमा बसेर काम गर्नुपर्ने अवस्थामा आधा–आधा घन्टामा टेबलकाे वरिपरि भएपनि तीन मिनेट जति हिड्नुपर्छ।

यस्तो समस्या धेरै भए अर्थोपेडिक डाक्टर तथा खेलकुद स्वास्थ्य विज्ञसँग सल्लाह लिएर उपचार सुरु गर्दा राम्रो हुन्छ। चिकित्सकको सल्लाह बमोजिम परीक्षण गराउन सकिन्छ भने धेरैजसो चिकित्सकले शरीरीक व्यायामको सल्लाह दिने गरेका छन्।

हरेक दिन व्यायाम गर्दा पनि समस्या देखिन्छ भने आराम गर्ने,आइस प्याक लगाउने र व्यायाम गर्ने, योग गर्ने गर्नुपर्दछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *