शुक्रबार संक्रमित भन्दा संक्रमणमुक्त हुने धेरै, मृत्यु कति?

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा एक हजार ७५६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३४ नुमना परीक्षण गर्दा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी शुक्रबार दुई हजार २७४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २३ जनाको संक्रमणबाट मृत्यु भएको छ।

मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित छन्।

जसमध्ये ३० हजार ६६२ होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३४४ संक्रमित छने भने ५४० जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा भइरहेको छ।

आज देशभर २७४ जना क्वारेन्टाइनमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *