कोरोनाको जस्तै मिल्दोजुल्दो लक्षण छ ? स्क्रब टाइफस हुनसक्छ!

हेल्थपोस्ट नेपाल

स्क्रब टाइफस के हो?

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणूले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ। समयमै उपचार नगरे यसले गम्भीर रूप लिनसक्छ। जस्तै मस्तिष्क, कलेजो, फोक्सो आदिको संक्रमण र कहिलेकाहीँ बहुअंग विकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ।

स्क्रब टाइफस मानिसमा कसरी सर्छ?

मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके यो रोग मानिसमा सर्छ।

स्क्रब टाइफसको लक्षणहरु के–के हुन्?
१. उच्च ज्वरो आउनु
२. धेरै टाउको दुख्नु
३. जोर्नी र मांसपेशी दुख्नु
४. खोकी, वान्ता , पेट दुखाई र पखालाले सताउनु
५. आँखा रातो हुनु
६. टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखिनु
७. बिमिरा देखिनु
८. सास फेर्न समस्या हुनु

स्क्रब टाइफसबाट बच्ने उपाय केही छ?

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजंगल जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा किटनासक मलमको प्रयोग गर्ने

घर वरपरिका खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र वातावरण सफा राख्ने

मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने

यस रोगका लक्षणहरू कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड –१९ परीक्षण गर्दा नेगटिभ आए पनि स्क्रब टाइफसको जाँच गरौं। समयमै रोगको पहिचान गरी औषधि खानाले यो रोग निको हुन्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *