आज पनि भारी वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम

हेल्थपोस्ट नेपाल

मनसुनी वायुको प्रभावले नेपालमा केही दिन अझै पानी पर्ने भएको छ।  मौसम पूर्वानुमान महाशाखाले आज देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम केही दिन जारी रहनेछ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०७८ भदौ १८ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

२०७८ भदौ १९ गते ( शनिबार)

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ भदौ २० गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *