जनकपुर प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माथि सामूहिक कुटपिट (भिडियोसहित)

हेल्थपोस्ट नेपाल

जनकपुर प्रादेशिक अस्पतालका एक स्वास्थ्यकर्मीमा माथि निघात कुटपिट भएको छ।

बिहिबार दिउँसो १२–१३ जनाको अज्ञात समुहले अहेव देवेन्द्र ठाकुर माथि कुटपिट गरेका हुन्।

मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादव अनुसार मेडिकल वार्डमा काम गरिरहेका ठाकुरलाई लछारपछार पारी सामूहिक कुटपिट गरिएको हो।

कुटपिटको कुनै कारण भने अहिलेसम्म नखुलेको उनले बताए।  डा.  यादवले  व्यक्तिगत कारण कुटपिट भएकाे  हुनसक्ने बताए।

सामाजिक सञ्जालमा प्राप्त भएको भिडियो अनुसार ठाकुर माथि लात्ति तथा मुक्का प्रहार भएको देखिन्छ। ठाकुर घाइते अवस्थामा भूँइमा लडेका छन्। मुखबाट रगत बगिरहेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *