नेपालका १५ प्रतिशतले पाए कोरोनाकाे पूर्ण खाेप , नेपालले पायो डब्लुएचओबाट बधाई

हेल्थपोस्ट नेपाल

छोटोसमयमै एक करोड कोरोना विरुद्धको खोप लगाएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्वी एसियाका क्षत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंहले नेपाललाई बधाई दिएकी छिन्।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै १५ प्रतिशत जनसंख्यालाई खोप लगाउन सफल भएकोमा सिंहले नेपाललाई बधाई दिएकी हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ डोज खोप लगाइसकिएको छ।

बुधबारसम्ममा १७.९ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने १५.४ प्रतिशतले पूर्ण मात्रा लगाएका छन्। जसअनुसार पहिलो डोज ५४ लाख २४ हजार ८३६ जनाले र ६४ दाख ६७ हजार ३२८ जनाले पूर्ण खोप लगाएका छन्।

सरकारले भोरोसेल, जे एण्ड ऐ, कोभिशिल्ड, जापान निर्मित अस्ट्राजेनेका स्विडिस स्ट्राजेनेका खोप ल्याएको छ। सरकारले असोज मसान्तसम्म एक तिहाई खोप लगाइसक्ने दावी गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *