खोप ल्याउँदै गर्दा भीरबाट लडेर स्वास्थ्यकर्मीको मृत्यु

हेल्थपोस्ट नेपाल

जाजरकाेटकाे भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र बरुङेमा कार्यरत स्वास्थ्यकर्मी गोपाल बहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ ।

कोरोना नियन्त्रणका लागि दोस्रो चरणको खोप लिएर स्वास्थ्य चौकी भुरबाट आउँदै गर्दा भेरी नगरपालिका–८ कयारकाल्नमा मोटसाइकल दुर्घटना हुँदा भीरबाट लडेर सिअहेव कार्कीको मृत्यु भएको हो ।

कार्कीको निधन नगर पालिकाले श्रद्दाञ्जली सभा समेत राखेकाे छ।

नगपालिकाको प्रमुख चन्द्र प्रकास घर्तीले कार्कीको बुधबार साँझ ५ बजे मोटरसाइल दुर्घटना भई मृत्यु भएको जानकारी दिए।

‘एक असल, कर्मठ , जिम्मेवार, सहकर्मी गुमाउँदा नगरपालिकालाई ठुलो क्षति भएको छ,’ घर्तीले भने, ‘सिगों नगरपालिका परिवार यो अप्रत्यासित घटनामा अत्यन्त दुखी शोक मग्न एवं स्तब्ध भएको छ।’

कार्कीको मृत्युमा नगर पालिकाले सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र आधारभूत वडा स्वास्थ्य केन्द्रहरूमा श्रद्धाञ्जली कार्यक्रम राखेको छ।

त्यसैगरी, कार्यलयहरूमा आधा झण्डा झुकाउने, अति आवश्यक एंव सम्वेदनशील सेवा बाहेक अन्य सम्पूर्ण नियमित दैनिक सेवा बिहिबार स्थगन गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *