घट्न थाले कोरोना संक्रमित, आज १६ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६५० नमुना परीक्षणा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा एक हजार ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो विवरण अनुसार १६ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयको अनुसार देशभर ३३ हजार ९३४ जना सक्रिय संक्रमित छन्।

तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३२७ संक्रमित छन् भने ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।

आज देशभर ३०२ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *