नर्भिकमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु

हेल्थपोस्ट नेपाल

कलाकार तथा मोडल निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचाररत उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु हो।

अस्पतालले प्रेस विज्ञप्तिमार्फत सबै उपचारको प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको जनाएको छ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं,’ विज्ञप्तीमा भनिएको छ।

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *