नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा. विक्रान्त ढकाल

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा. विक्रान्त ढकाललाई नियुक्त गरिएको छ।

ढकाललाई स्वास्थ्य मन्त्रालयले विज्ञ सदस्यमा सिफारिस गरेको थियो। मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को बैठकले ढकाललाई नियुक्त गरेको हो।

काउन्सिलमा एक उपाध्यक्ष र ८ जना सदस्य निर्वाचनबाट चुनिएर आउने व्यवस्था छ। सोही अनुसार काउन्सिलले नयाँ उपाध्यक्ष र सदस्यहरु चुन्नका लागि निर्वाचन गर्ने तयारी गरेको हो।

काउन्सिलको भदौं ९ मा बसेको बैठकले निर्वाचन गराउन समिति गठन गर्ने निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले जानकारी दिए।

काउन्सिलको पूर्ण बैठकले बालरोग विशेषज्ञ डा. गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ । त्यसैगरी निर्वाचन अधिकृतहरुमा डा. मधुसुदन पुन र डा. मनोज हुमागाईलाई तोकिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

यस्तै, सरकारले नियुक्ति गर्ने एक जना अध्यक्षसहित ६ जना सदस्य रहन्छन् । निर्वाचन समितिले नै निर्वाचनको मिति तय गर्नेछ। ५ असोजमा  उपाध्यक्ष सहित ८ जना सदस्यकाे समयवधि सकिदैं छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *