मेडिकल काउसिन्ललाई लाग्यो चुनाव, डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिललाई चुनावकाे चटारो लागेको छ। काउन्सिलको भदौं ९ मा बसेको पूर्ण बैठकले नयाँ पदाधिकारीसहित सदस्यको निर्वाचनका लागि तीन सदस्सीय निर्वाचन समिति गठन गरेको छ।

काउन्सिलमा एक उपाध्यक्ष र ८ जना सदस्य निर्वाचनबाट चुनिएर आउने व्यवस्था छ। सोही अनुसार काउन्सिलले नयाँ उपाध्यक्ष र सदस्यहरु चुन्नका लागि निर्वाचन गर्ने तयारी गरेको हो।

काउन्सिलको भदौं ९ मा बसेको बैठकले निर्वाचन गराउन समिति गठन गर्ने निर्णय गरेको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले जानकारी दिए।

काउन्सिलको पूर्ण बैठकले बालरोग विशेषज्ञ डा. गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ । त्यसैगरी निर्वाचन अधिकृतहरुमा डा. मधुसुदन पुन र डा. मनोज हुमागाईलाई तोकिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

यस्तै, सरकारले नियुक्ति गर्ने एक जना अध्यक्षसहित ६ जना सदस्य रहन्छन् । निर्वाचन समितिले नै निर्वाचनको मिति तय गर्नेछ। ५ असोजमा  उपाध्यक्ष सहित ८ जना सदस्यकाे समयवधि सकिदैं छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *