सुरु भयो नेपालमै जीन सिक्वेन्सिङ

हेल्थपोस्ट नेपाल

नेपालमा पनि जीन सिक्वेन्सिङ परीक्षणस सुरु भएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रिय बायोटेक्नोलोजी विभागमा जीन सिक्वेन्सिङ परीक्षण गर्ने उपकरण ल्याइएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार हालै मात्र कोरोना भाइरसको म्युटेशन पत्ता लगाउने उपकरण त्रिविमा भित्रिएको हो।

नेपालमा यो भन्दा पहिले जीन सिक्वेन्सिङका उपकरण तथा परीक्षण उपलब्ध थिएन। कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन शुरु देखिनै विदेशमा नमुना पठाइने गरेको थियो।

यो सँगै जीन सिक्वेन्सिङका परीक्षणका लागि अब विदेश जान नपर्ने भएको छ।

‘जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले पनि विश्वविद्यालयसँग अनलाइन तालिम लिइरहेका छन्। केही हप्तामा प्रयोगशालाबाट पनि परीक्षण सुरु हुनेछ। हामीकहाँ सेवा सुरु नभएसम्म विदेशमा परीक्षण गर्न पठाएर कुन म्युटेसनको भाइरस हो भनेर जानकारी दिइरहेका छौं,’ झाले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *