एकैदिन ३ हजार ३० संक्रमणमुक्त, २० को मृत्यु

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटका अनुसार २४ घण्टामा ३०३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

त्यस्तै, १०,६१२ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा १६४८ जनामा कोरोना पुष्टि भएको छ भने ४३२३ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४०४ नयाँ संक्रमित भएका छन्। योसंगै आजमात्र २०५२ संक्रमित थपिएका छन्।

कोभिड–१९ का कारण २४ घण्टामा २० जनाको मृत्यु भएको छ।

भक्तपुरमा १४६ जना ललितपुरमा १०२ जना र काठमाण्डौंमा ४७१ गरी उपत्यकामा ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *