मोर्डनाको खोपमा देखियो ‘कालो वस्तु’

हेल्थपोस्ट नेपाल

अमेरिकाबाट उत्पादन हुने कोरोना विरुद्धको खोप ‘मोर्डना’ मा केही साना वुस्तु देखिएपछि जापानले खोप लगाउन स्थगित गरेको छ।

जापानको काङगावामा लगिएको खोपमा मसिनो कालो धुलो जस्तो वस्तु देखेपछि खोप लगाउन बन्द गरिएको अधिकारीले बताएका छन्।

झण्डै ३७९० जनाले उक्त ब्याचको खोप लगाइसकेका छन्।

जापानले यसअघि पनि १६ लाख मोर्डना खोप लगाउन बन्द गरेको थियो।

खोप लगाउनु भन्दा पहिले ल्याबमा परीक्षण गर्दा त्यस्ता धुलो देखिएको फमासिस्टले जानकारी दिएका छन्।

खोपका स्थानीय डिस्ट्रिबुटरले खोप प्रदुषित भएको हुन सक्ने भन्दै फिर्ता लिएको छ।

उक्त खोप लगाएकालाई हालसम्म कुनै असर नगरेको त्यहाँका स्थानीय मिडियाले जानकारी दिएका छन्।

टकेडा फर्माक्यिुटिकल जसले खोप वितरण तथा बेच्ने गर्दछ। उनीहरुले झण्डै पाँच लाख ६० हजार खोपमा त्यस्तो खालको वस्तु भेटिएको बताएका छन्।

मोर्डना खोप स्पेनबाट बोटलमा राखेर जापान जाने गर्दछ। त्यहीँबाट प्रदुषण भएको हुन सक्ने अनुमान गरिएको छ।

स्पेनले तत्कालै यसबारे अनुसन्धान गर्ने बताएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *