भौतिक उपस्थितिमै खुल्ने भए काठमाडौंका विद्यालय

हेल्थपोस्ट नेपाल

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न पाइने निर्णय गरेको छ। आज एक सूचना जारी गर्दै कार्यालयले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय खोल्न पाइने बताएको हो।

अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो।

त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ।

ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजे देखी ७ बजे सम्म गर्न पाइनेछ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *