‘पुन कोरोना संक्रमितका लागि तीन औषधि प्रयोग हुने’

हेल्थपोस्ट नेपाल

विश्व स्वास्थ्य संगठनले तीन वटा औषधिलाई पुन कोरोना संक्रमित भई अस्पताल भर्ना भएका बिरामीमा प्रयोग गर्न सकिने जनाएको छ।

ग्लोबल सोलिडारिटी प्लस ट्रायल कार्यक्रम अन्र्तगत प्रयोगमै आइरहेको तीन वटा औषधि कोरोना संक्रमितका लागि प्ररीक्षणका रुपमा प्रयोग गर्ने तयारी गरेको हो।

उपचारका लागि विज्ञहरुकोटोलीले आर्टिसुनेट, इमातिनिब र इन्फिक्सिम्याब औषधि छानेका हुन्।

आर्टिसुनेट गमभीर मलेरियाका विरामीलाई प्रयोग गर्ने गरिएको छ भने इमातिनिब क्यान्सर र इन्फिक्सिम्याब औषधि कोहोन्स डिजिज, रुमेटिक आर्थराइटिस र इम्युन सिस्टम डिस्अर्डरका लागि प्रयोग गर्ने गरिएको छ।

उक्त औषधि उत्पदकहरुले ट्रायलका लागि अनुदानमा दिएका छन्।

आर्टिसुनेट आइपिसिए, इमातिनिब औषधि नोर्भाटिस र इन्फिक्सिम्याब औषधी जोनसान एण्ड जोनसनले उत्पादन गर्दै आएका छन्।

‘कोरोना संक्रमितका लागि प्रभावकारी तथा सुलभ रुपमा औषधी प्रदान गर्नु एकदमै आवश्यकता रहेको छ।

‘डब्लुएचओले यसका लागि काम गर्नपाउनु निकै खुशीको कुरा हो,’ विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेडरोस ग्रेब्रेयससले भने,’ म सहभागि सरकार, फर्माक्युटिकल कम्पनी, अस्पताल, क्लिनिक तथा बिरामीहरुमा धन्यवाद दिन चाहन्छु।’

यस कार्यक्रममा हजारौं अनुसन्धानकर्ता, ५२ वटा देशका ६०० भन्दा बढि अस्पतालहरु संलग्न भएका छन्।

बिरामी जाँच गर्न एउटै प्रोटोकल बनाइएको छ।

यो भन्दा अघि चार वटा औषधीहरु ट्रायलबाट प्रयोग गरीएको थियो। रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्वाइन, लोपिनाभिर र इन्टरफेरोन प्रयोगमा ल्याइएको थियो। यसले

बिरामीमा खासै नराम्रो असर नगरेको पाइएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *