१६६४ कोरोना संक्रमित थपिए, निको हुने बढी

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ११७ पिसिआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टिजेन परीक्षणमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ भने सोही समयमा निको हुनेको संख्या १ हजार ७८६ रहेको छ। योसँगै निको हुनेको कुल संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १० हजार ७५० पुगेको छ।

मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ। जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा छन्। ५३७ जना आइसियु र १६४ जना भेन्टिलेटरमा उपचाररत छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *