औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

हेल्थपोस्ट नेपाल

औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ ।

मंगलबार  प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि विभागको महानिर्देशकमा भरत भट्टराई रहेका थिए।

तत्कालिन सरकारले एघारौं तहका ढकाललाई स्वास्थ्य मन्त्रालयमा फाजिलमा राखेको थियो।

भट्टराईको समन्वय क्षमतामा कमजोर भएकै कारण महानिर्देशकबाट हटाइएको मन्त्रालयले स्रोतले जनाएको छ।

पछिल्लो समय भट्टराईले औषधि व्यवसायीसँग मिलिमत्तोमा औषधिको मूल्य बढाउन सक्रिय भएको समाचार प्रकाशित भएका थिए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *