मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन : नर्भिक अस्पताल

हेल्थपोस्ट नेपाल

पछिल्लो करिब तीन महिनादेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा खासै सुधार देखिएको छैन । मंगलबार पत्रकार सम्मेलन गरी अस्पतालले निशाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो ।

उद्धार गरेको झन्डै तीन महिना बित्न लाग्दासमेत घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको अस्पतालले जनाएको छ।

“उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख भनिएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसियूमा राखेर उपचार जारी गरिएको छ। आफैं खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागे पनि घाउहरू लामो समयसम्म निको हुन सकेका छैनन् ।

 

हालसम्म निशाको उपचारका लागि ५० लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको र खर्च नर्भिक अस्पतालले नै व्यहोरिरहेको अस्पतालले जनाएको छ।

नर्भिकका प्रबन्ध सञ्चाचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन्।

मोडल निशाको उपचारको नेतृत्व गरेका डा. पंकज जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकाले पूर्ण रूपमा सामान्य हुने सम्भावना एकदमै न्यून देखिन्छ । ‘ब्रेन ड्यामेज’ हुँदा पनि लामो समय उपचारविहीन भएकाले अपेक्षित सुधारको सम्भावना नदेखिएको बताइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *