विद्यालय खुलाउन सीसीएमसीको बैठक बस्दै

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणका कारण बन्द भएका विद्यालय खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्ययोजनाको ड्राफ्ट तयार गरेर सीसीएमसीलाई पठाइसकेको छ।

विद्यालय खुलाउनका लागि पठाइएको ड्राफ्टबारे सीसीएमसीले सुझाब दिएपछि मन्त्रालयले निर्णय गर्ने तयारी गरेको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए।

उक्त कार्ययोजनामा कोरोना संक्रमणको अवस्था हरेर जिल्ला अन्र्तगत रही विद्यालय खुलाउने प्रस्ताब राखेको उनले बताए।

सीसीएमसीले निर्धारण गरेको क्षेत्रगत लकडाउनको प्रकृति अनुसार विद्यालय खोल्ने तयारी मन्त्रालयले गरीरहेको छ।

‘हामीले विद्यालय खोल्ने अनुमति माग गरेका छौं। उक्त कार्ययोजनामा छलफल भएर आएपछि निर्णय गरेर तुरुन्तै विद्यालय खोल्छौं,’ उनले भने।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *