डा. विनोद सिंहलाई कालोमोसो दल्ने चार आरोपित प्रकाउ

हेल्थपोस्ट नेपाल

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह माथि कालोमोसो दल्ने चार आरोपित प्रकाउ परेका छन्।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार चार आरोपितलाई प्रकाउ गरिएको हो।

‘हिजो र आज गरी चार जना प्रकाउ परेका छन्,’ कुरुम्बाङले भने, ‘अन्यको खोजी कार्यजारी छ।’

प्रकाउ परेका मध्ये अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियार समेत छन्।

चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी छ जनामध्ये अहिलेसम्म परियारसहित चार जना पक्राउ परेका छन्।

फरार रहेका  दुइ जनाको खोजी भइरहेको छ।

पक्राउ परेकालाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

टाइफाइड एक जना बिरामीको ‘ब्लड कल्चर’ गर्ने सुविधा नभएको अस्पतालले जनाएपछि बिरामीका आफन्तसँग विवाद भएको थियो। त्यही विवादपछि केही युवाहरूले मेसु सिंहलाई कालोमोसो दलेका थिए।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *