बालबालिका लागि पौषसम्म कोरोना खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका लागि फाइजरको खोप पौषसम्म आइसक्ने जनाएको छ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार १२ देखि १८ बर्ष उमेरसमूहका लागि पौषसम्ममा खोप नेपाल ल्याउने योजना गरेको बताए।

त्यसैगरी, बालबालिकाको सरकारले ४० लाख मोर्डनाको खोपका लागि सम्झौता भइसकेको जनाएको छ। जसका लागि विश्व बैंकले पैसा भुक्तानी गरिसकेको छ।

‘१८ बर्षभन्दा मुनिका किशोर–किशोरी र बालबालिका फाइजर र मोर्डेनाको खोप ल्याउने प्रक्रिया अगाडी बढेको छ,’ एक कर्मचारीले भने,’  केही समयभित्र सरकारले खोप ल्याउने छ।’

कोरोना महामारीको तेस्रो लहर आएको खण्डमा बालबालिका बढी प्रभावित हुने भन्दै मन्त्रालयले स्वास्थ्य उपकरणको जडान प्रक्रियालाई तीब्रता दिएको छ।

बालबालिका लागि १८० भेन्टिलेटर सहित २५० आइसियू बेडको थप्ने कार्य अगाडी बढेको मन्त्रालयले जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *