दक्षिण अफ्रिकामा भेटियो अहिलेसम्मकै खतरनाक कोरोनाको नयाँ भेरियन्ट

हेल्थपोस्ट नेपाल

दक्षिण अफ्रिका कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएको छ।

अफ्रिकाको नेश्नल इन्सिच्युट फर कम्युनिकेबल डिजिजका अनुसार ‘सि.१.२’ लिनेज भेटिएको हो।

यो भाइरस पहिलोपटक दक्षिण अफ्रिकामा गत मे महिनामा देखिएको यहाँको सरुवा रोगसम्बन्धी राष्ट्रिय संस्थानले जनाएका छन्।

यो भेर्रिन्टको भाइरस साउथ अफ्रिकाको सबै प्रान्तमा फैलिसकेको छ भने चीन, कंगो, मौरीसस, बेलायत, न्युजिल्यान्ड, पोर्चुगल र स्विजरल्यान्डमा पनि भेटिएको छ। वैज्ञानिकहरूले यो भाइरसलाई ‘‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भित्र पर्न सक्ने बताएका छन्।

विश्व स्वास्थ्य संगठनले अधिक संक्रमण र गम्भीर लक्षण देखाउने तथा उपचारको प्रभाव कम पर्ने भाइरसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’मा वर्गीकरण गरेको छ।

अध्ययनअनुसार दक्षिण अफ्रिकामा हरेक महिना नयाँ भेरियन्ट (सी.१.२) को जिनोम संख्या तीव्र रूपमा बढेको पाइएको छ। मे महिनामा ०.२ प्रतिशत रहेको जिनोम संख्या जुनमा १.६ र जुलाईमा २ प्रतिशत पुगेको छ।

अल्फा वा बिटा भेरियन्ट संक्रमण भएर एन्टिबडी निर्माण भएका व्यक्तिमा समेत यो भेरियन्टले सहजै आक्रमण गर्नसक्ने दैनिक भास्करले जनाएको छ। हालसम्म पत्ता लागेका कोरोना भाइरसको भेरियन्टमध्ये यो भेरियन्टमा अधिक म्युटेसन भएको अध्ययनकर्ताहरूले बताएका छन्।

द गार्जेनको सहयोगमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *