स्वास्थ्य मंत्रालयका अनुसार नेपालमा अहिलेसम्म भारत निर्मित कोभीशिल्ड २१ लाख, भूटानबाट एस्ट्रेजेनेका २ लाख ३० हजार, इङ्ल्याण्डबाट एस्ट्रेजेनेका १ लाख ३० हजार र जापानबाट एस्ट्रेजेनेका १६ लाख र कोभयाक्स प्रोग्राम अंतर्गत ऐस्ट्रेजेनेका ३,४८००० गरी कुल ४४ लाख ८ हज़ार थान भ्याक्सिन आएको छ।
चीनबाट १८ लाख अनुदान र ४० लाख भेरोसेल खरीद गरी र त्यसपछि आएको थप १६ लाख भ्याक्सिन अनुदान हो कि नेपालले किनेको हो यसबारे स्पष्ट केही थाहा छैन। यो १६ लाख समेत हिसाब गर्दा नेपालमा ७४ लाख भेरोसेल भ्याक्सिन भित्रिएका छन्।
भदौ १४ गतेको तथ्यांक अनुसार नेपालमा आएका ऐस्ट्रेजेनेका का ४४,०८,००० खोप मध्ये ४२,६३,१९४ थान खपत भइसकेको छ। यस खोप को दुबै मात्रा लाउनेको संख्या १०,९९,४५३ छ भने यसको पहिलो डोज लाउनेको संख्या २०,६४,२८८ रहेको छ। अब हेरौ नेपालमा यस खोप को उपलब्धता मात्रै १,४४,९०६ थान रहेको छ।
ऐस्ट्रेजेनेकाको पहिलो खोप लाउने २०,६४,२८८ जनालाई दोस्रो रूपमा यही खोप चाहिन्छ र नेपालसँग जम्मा स्टक १४४९०६ थान रहेको छ।
पूर्ववर्ती सरकारको पालामा २१ लाख कोभीशिल्ड खोप आउदा कुनै परवाह नगरी १६-१७ लाख लाई पहिलो मात्रा वितरण गरियो। दोस्रो मात्रा लाउने बेलामा हाहाकार भयो। लामो समय पश्चात् भ्याक्सिन आयो।
तर अहिले डाटा हेर्दा अचम्म लाग्छ। पहिलो चरणकै अभियानमा १६-१७ लाखले पहिलो मात्राको खोप लिएका थिए। लामो समय भ्याक्सिन उपलब्ध भएन यो कुरा छाड़ौं तर भ्याक्सिन आए पछि दोस्रो मात्राको खोप लाउनेको संख्या १६-१७ लाख हुनु पर्थ्यो। तर यो संख्या १०,९९,४५३ मै सीमित हुँदा यसको कारण बारे अनुसन्धान हुनु पर्ने हो।
पहिलो मात्रा कोभीशिल्ड लिएकाले दोस्रो मात्राका रूपमा ऐस्ट्रेजेनेका लिन किन मानेनन? मोटामोटी रूपमा हेर्दा झण्डै ६ लाख कोभीशिल्ड लिएका मानिसले ऐस्ट्रेजेनेका नलिएको देखिन्छ। विस्तृत विवरण त मन्त्रालयले दिनुपर्ने हो।
पूर्ववर्ती सरकारकै गलती यस सरकारले पनि गरेको देखिन्छ। नेपालसँग अब ऐस्ट्रेजेनेकाको स्टाक १,४४,९०६ मात्रै देखिन्छ र पहिलो डोज लिएका हरुको संख्या २०,६४,२८८ रहेको छ। ऐस्ट्रेजेनेकाको खोप नआउँदा अथवा आउन ढिलो हुँदा १९ लाख मानिस फेरि पहिलो डोजमै सीमित हुन पुग्छन्।
भेरोसेल खोपमा पनि स्थिति यस्तै हुन पुगेको छ।
एक डोजका रुपमा ३२,५३,१९५ ले यो भ्याक्सिन प्राप्त गरेका छन। र दुबै डोज पाउनेको संख्या १९,४५,९८४ रहेको छ। यसको अर्थ नेपालमा भित्रिएको कुल भेरोसेल मध्ये एक डोजका रूपमा ३२,५३,१९५ र दोस्रो डोजका रूपमा १९,४५,९८४X२ =३८,९१,९६८ अर्थात कुल ७१,४५,१६३ थान भेरोसेल भ्याक्सिनको खपत भइसकेको छ।
नेपालमा ७४ लाख भेरोसेल आएका छन। यस मध्ये ७१,४५,१६३ खपत हुँदा स्टकमा जम्मा २,५४,८३७ थान उपलब्ध रहेको देखिन्छ।
पहिलो डोजका रूपमा ३२,५३,१९५ जनालाई केही दिन भित्रै दोस्रो डोज आवश्यक हुन्छ। तर स्टक भने जम्मा २,५४,८३७ रहेको छ।
यस हिसाबले केही दिन भित्रै थप ३० लाख थान भेरोसेल नेपाल आएन भने भेरोसेलको पहिलो डोज लिएका मानिसको हालत पनि ऐस्ट्रेजेनेका लिएका झै हुनपुग्छ।
नेपालमा भदौ १४ गते उपलब्ध रहेका भ्याक्सिन संख्या –
जोनसन एन्ड जोनसन – १,८३,०३५
दुइ डोजको ऐस्ट्रेजेनेका – १,४४,९०६
दुइ डोजको भेरोसेल – २,५४,८३७